एमालेबाट १९ वडाअध्यक्ष पदका उम्मेदवार

२०७९ बैशाख १२, सोमबार १४:३६
एमालेबाट १९ वडाअध्यक्ष पदका उम्मेदवार

धनगढी,१२ बैशाख । धनगढी उपमहानगरपालिकामा नेकपा एमालेबाट मेयरमा रण बहादुर चन्द र उपमेयरमा कन्दकला राना थारुले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढी पुगेर उनीहरुले मेयर र उपमेयरमा मनोनयन दर्ता गराएका हुन् । यस्तै एमालेका १९ वटै वडाका अध्यक्षले पनि मनोनयन दर्ता गरिरहेको छ । वडा नम्बर १ बाट ज्ञानेन्द्र मल्ल ,वडा नम्बर २ मा विष्णु पुरी ,वडा नम्बर ३ मा पार्वती सिंह ,

वडा नम्बर ४ मा तीर्थराज जोशी , वडा नम्बर ५ मा सुनिराम चौधरी ,वडा नम्बर ६ मा इश्वरी बम डा नम्बर ७ मा मोती राना, वडा नम्बर ८ मा जुगराम चौधरी, नम्बर ९ मा नविन बिक, वडा नम्बर १० मा शिवकुमार राना,वडा नम्बर ११ मा रुपबहादुर कुँवर , वडा नम्बर १२ मा शेरबहादुर महरा, वडा नम्बर १३ मा जगदिश राना ,

वडा नम्बर १४ मा कृष्ण पाण्डेय,वडा नम्बर १५ मा गोरे कुन्जेडा , वडा नम्बर १६ मा भागिराम चौधरी ,वडा नम्बर १७ मा दिपेन्द्र घर्तीमगर ,वडा नम्ब १८ मा भुवन रिजाल र वडा नम्बर १९ मा तिलुराम चौधरी ।