कञ्चनपुर,१२ बैशाख २०७९ । नेपाली कांग्रेस कञ्चनपुरले पुनर्वास नगरपालिकाको मेयर तोय प्रसाद शर्मालाई र उपप्रमुखमा भुलिया रानालाई उम्मेदवार बनाएको छ । गत स्थानीय चुनावमा दुबै जनालाई कांग्रेसले उम्मेदवार बनाएको थियो । शर्मा काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि हुन भने राना महाधिवेशन प्रतिनिधि तथा प्रदेश सदस्य समेत हुन् । आज मेयरमा तोय प्रसाद शर्मालाई र उपप्रमुखमा भुलिया रानाले उम्मेदवारी दर्ता गर्ने छन् ।