धनगढीका मेयर पदका स्वतन्त्र उम्मेदवार हमाल जुलुससहित निर्वाचन कार्यालयमा

२०७९ बैशाख ११, आईतवार १२:०६
धनगढीका मेयर पदका स्वतन्त्र उम्मेदवार हमाल जुलुससहित निर्वाचन कार्यालयमा

धनगढी,११ बैशाख २०७९ । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमाल उम्मेदवारी दर्ताका लागि जुलुससहित निर्वाचन कार्यालयतर्फ प्रस्थान गरेका छन् । ‘हाम्रो धनगढी हामी बनाउँछौं’ नारा लेखिएको ब्यानरसहित सयौं समर्थकलाई साथ लिएर उनी उम्मेदवारी दर्ताका लागि हिँडेका हुन् । 

धनगढी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा नृपबहादुर वड र नेकपा एमालेबाट रणबहादुर चन्द उम्मेदवार बनेका छन् । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोननयनपत्र दर्ताको कार्यतालिका तोकेको छ ।