धनगढीको मेयरमा एमालेबाट चन्द र उपमेयरमा कन्दकला राना

२०७९ बैशाख १०, शनिबार २२:३८

कैलाली,१० बैशाख २०७९ । धनगढी उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट रणबहादुर चन्द र उपप्रमुखमा कन्दकला राना उम्मेदवार बन्ने भएका छन् ।

केन्द्रीय निर्वाचन विभागका सदस्य समेत रहेका चन्दलाई आजको नेकपा एमाले सचिवालय बैठकले चन्द र रानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

करिब तीन वर्षदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय चन्द कैलाली पार्टी सचिव हुँदै उपाध्यक्ष समेत भइसकेका छन् । गत पुसमा भएको जिल्ला अधिवेशनमा रतनबहादुर थापासँग जिल्ला अध्यक्षमा चार मतले पराजित भएका थिए ।चन्द र राना दुवैले धनगढीमा लोकप्रिय नेताको छवि बनाएका छन् ।