धनगढी,१० बैशाख २०७९ । सुदूरपश्चिममा सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले धनगढी उपमहानगरपालिकामा उम्मेदवारी घोषणा गरेका छ । शनिबार पत्रकार सम्मेलन गरी धनगढी उपमहानगरको मेयर र उपमेयरमा उम्मेदवारी घोषणा गरेको हो ।
प्रमुखमा धनगढी उपमहानगरपालिका-३ का युवा कविन्द्र ऐर र उप–प्रमुखमा नन्दकली रानालाई अगाडि सारेको छ । राना धनगढी उपमहानगरपालिका-८ की हुन् । मेयरका प्रत्यासी कविन्द्र ऐर व्यवसायी हुन् ।
मेयरका प्रत्यासी ऐरले आफूलाई धनगढीवासीले विश्वास गरेमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा फरकशैलीमा काम गरेर देखाउन दाबी गरे । ‘जसपाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नगराइएको भन्दै सत्तारुढ गठबन्धनबाट २६ चैतमा बाहिरिने घोषणा गरेका थियो । जसपा सुदूरपश्चिम सांसद मालमती रानाका अनुसार जसपाले सत्ता गठबन्धनसँग चुनावी तालमेल नगरेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग तालमेल गर्नेछ ।






