नरेश राना/ लाझाडी,२७ चैत ।
कञ्चनपुरको लालझाडी गाउपालिकामा आधारभुत विद्यालयले लिने परिक्षाको प्रश्नपत्र बहिरिएको भन्दै अभिभावक अन्दोलित भएका छन । चैत २२ गतेदेखि गाउपालिकाले कक्षा ८ को परिक्षा सञ्चालन गर्ने निर्णय गरे संगै परिक्षा केन्द्र तोकिएकै एक विद्यालयले प्रश्नपत्र लिक गरेको पाइएको हो ।
चार विद्यालयको परिक्षा केन्द्र तोकीएको वडा नं. ४ स्थित बैजनाथ वहुभाषिक आधारभुत विद्यालयलयले विज्ञान विषयको प्रश्न पत्र लिक गरेको स्थानियले अरोपलगाएका छन । गाउपालिकाको शिक्षा शाखाअधिकृत सिद्धराज भट्टको कार्यकक्षमा तयार पारिएको विज्ञान विषयको प्रश्नपत्र लिक भएको पाइएको सिकलपटिका वैजनाथ मावि सहयक प्रअ नवराज जोशीले बताए ।
२१ गते साँझ नै ३० विद्यार्थीहरुलाई प्रश्नपत्र आउट भएको पाइएको उनले बताए । आइतवार विभिन्न चार विद्यालयका शिक्षक र स्थनियहरुले उक्त विद्यालयमा परिक्ष रद्द गरीनुपर्ने माग राखेका छन । उनिहरुले नयाँ प्रश्नपत्र तयार गरीनुपर्ने परिक्षा केन्द्र सरिनु पर्ने लगायतका माग राख्दै विद्यालयमा आजको परिक्षा स्थगित गरीएका छन ।
उता गाउपालिकाका शिक्षाअधिकृत सिद्धराज भट्टले प्रश्नपत्र बहिरिएको प्रमाण खोजीरहेको जनाए । अब चार विद्यालयका प्रअ गाउपालिका अध्यक्ष शिक्षा शाखा तथा अभिभावकको भेलाबाट पुनः परिक्षा हुने सो विद्यालयका प्रअ सुरेन्द्र बोहराले जानकारी दिएका छन ।