लालझाडीमा ६५औँ राष्ट्रिय सहकारी दिवस भब्य रूपले सम्पन्न

२०७८ चैत्र २०, आईतवार २३:०७
लालझाडीमा ६५औँ राष्ट्रिय सहकारी दिवस भब्य रूपले सम्पन्न

दिनेश राना / लालझाडी,२० चैत । कञ्चनपुरको लालझाडी गाउपालिका वडा नं. २ को वडा कार्यालयको प्रङ्गणमा आइतवार ६५औँ राष्ट्रिय सहकारी दिवस भब्य रूपले सम्पन्न भएको छ ।

सो दिवसमा सभापति मन्जरी कृषि सहकारी संस्थाकी अध्यक्ष जानमती चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथीमा लालझाडी गाउपालिका वडा नं. २ का वडा अध्यक्ष हेमराज राना रहनु भएको थियो । वडा अध्यक्ष रानाले सहकारीले गरीरहेका गतिविधिको बारेमा प्रष्ट पारेका थिए ।

आज हाम्रो समाजमा सहकारी विना समस्या आइरहेकोले वडा वडामा सहकारी स्थापना गर्नु मात्र हैन अनिवार्य पनि हो बताए । कार्यक्रमका विश्ष्टि अतिथी लालझाडी गाउपालिकाका कर्मचारी तिलक खत्री रहेका थिए । कार्यक्रमको स्वागत मन्तव्य मन्जरी कृषि सहकारी संस्थाकी व्यवस्थापक रामकली रानाले गर्नु भएको थियो ।

कार्यक्रम सफल बनाउनकालागि स्थानिय सांस्कृति होरी नाचको प्रस्तुति संगै कार्यक्रम भब्य रुपमा सम्पन्न भएका् थियो । उक्त कार्यक्रमको संचालन लालाझाडी सहकारी समन्वय समितिका सचिब आशाराम चौधरीेले गरेका थिए ।