पदमा अस्पतालमा स्थानियकाे तोडफोड

२०७८ चैत्र १९, शनिबार १९:४८
पदमा अस्पतालमा स्थानियकाे तोडफोड

धनगढी,१९ चैत । कैलालीको अत्तरियामा रहेको पदमा अस्पतालमा स्थानियले तोडफोड गरेका छन । शुक्रबार साँझ उपचारका लागी आएका बिरामीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै स्थानियहरुले तोडफोड गरेका हुन ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक ९डिएसपी० नवराज पोखरेलका अनुसार गोदावरी नगरपालिका – ३ का ३८ वर्षिय विनोद कुमार बोहराको मृत्यु भएको हो ।

डायरियाका बिरामीको अस्पतालले लापरबाही गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका उनले बताए ।मृतकका आफन्तले ढुंगा मुडा प्रहार गर्दा अस्पतालको अगाडीको सिसा फुटेको छ भने अस्पताल परिषरमा तनावग्रस्त स्थिति सृजना भएको छ । मृतकका आफन्तहरुले अस्पतालको एम्बुलेन्स समेत तोडफोड गरेका छन ।

विरामीको मृत्युको कारण भने खुल्न सकेको छैन । यसै बिच अस्पतालमा तनावग्रस्त स्थिती सिर्जना भएपछी प्रहरी ले अश्रु ग्यास समेत प्रहार गरेको छ ।