कैलाली,७ चैत । ५७ औ अन्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस कैलारी गाउँपालिकाको हसुलियामा मनाईएको छ । दिवसको अवसरमा सोमबार कैलारी गाउँपालिकामा एक वृहत अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी एंव कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले कैलारी गाउँपालिका जातीय विभेद तथा छुवाछुत मुक्त गाउँपालिका घोषणा भइसकेता पनि कैलालीका अधिकाँश स्थानिय तहमा अझै पनि जातीय विभेदका घटनाहरु समय समयमा घट्ने गरेको बताउँदै आफूहरुले जस्तै अन्य स्थानिय तहहरुले पनि जातीय विभेद तथा छुवाछुत मुक्त स्थानिय तह घोषणा गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा दलित महिला अधिकार मंच नेपालका अध्यक्ष सावित्रा घिमिरेले दलित समुदाय माथि अझै पनि जातीय विभेद तथा मानवअधिकार हननका तमाम घटनाहरु घट्ने गरेको बताउदै त्यस्ता घटनाहरुको न्यूनिकरण र अन्त्यका लागि तिनै तहको सरकार थप जिम्मेवार बन्नुपर्ने र दलितका पक्षमा बनेका कानुनको प्रभावकारी कार्यान्वयन गरिनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्टिय मानवअधिकार आयोगका सुदूरपश्चिम प्रमुख मोहन जोशीले दलित समुदायको मानवअधिकार संरक्षण सम्र्वद्धन कार्यमा आयोग कृयाशिल रहेको बताउदै विभेद अन्त्यका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवा थारु, वडा नं ४ का अध्यक्ष भिखराम चौधरी,वडा नं ५ का अध्यक्ष विष्णु चौधरी,कार्यपालिका सदस्य राजेश सुनार लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम कैलारी गाउँपालिका स्तरीय दलित संजालका अध्यक्ष दिपक सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रम कैलारी गाउँपालिकाको कार्यालय, राष्टिय मानवअधिकार आयोग,दलित महिला अधिकार मंच नेपाल लगायतका संघसंस्थाहरुको सहकार्यमा कैलारी गाउँपालिका स्तरीय दलित संजालले आयोजना गरेको हो ।