धनगढी,५ चैत ।
आज धनगढीमा सम्पन्न नेपाल बुद्धिजीवि परिषद् कैलाली जिल्लाको ७ औँ जिल्ला अधिवेशनले रघुविर भट्टको अध्यक्षतामा सर्वसम्मत रुपमा जिल्ला चयन गरेको छ ।
नेपाल बुद्धिजिवी परिषद्का कैलाली जिल्ला अध्यक्ष रघुविर भट्टको सभापतीत्वमा सम्पन्न अधिवेशनमा पुर्व मन्त्रि माननीय नारद मुनी रानाको प्रमुख आतिथी रहनुभएको थियो । वि.अतिथीका रुपमा बुद्धिजिवी परिषदका केन्द्रीय हिरा चन्दको उपस्थिती रहेको कार्यक्रममा नेकपा एमाले निवार्चन विभाग सदस्य रण ब.चन्द , एमाले सचिव डेजी पाण्डेय लगायतको पनि उपस्थिती रहेको थियो ।
जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा चयन गरेको जिल्ला कमिटीको उपाध्यक्षमा प्रकाश ब. छेडाल, सचिवमा एकेन्द्र भण्डारी, सह–सचिवमा राधा विष्ट र कोषाध्यक्षमा डिल्लीराज विनाडी रहनुभएको छ ।