नेपाल राष्ट्रिय शिक्षक संगठन धनगढी नगर कमिटीले होलीको शुभकामना आदानप्रदान कार्यक्रम

२०७८ चैत्र ३, बिहीबार २०:२५
नेपाल राष्ट्रिय शिक्षक संगठन धनगढी नगर कमिटीले होलीको  शुभकामना आदानप्रदान कार्यक्रम

धनगढी,३ चैत ।

नेपाल राष्ट्रिय शिक्षक संगठन धनगढी नगर कमिटीले होलीको अवसरमा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

संगठनका धनगढी नगर अध्यक्ष शान्ति चन्द्र पालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका कैलाली जिल्ला अध्यक्ष तिलक सिंह रहनुभएको थियो भने विशिष्ट अतिथिमा संगठनका जिल्ला उपाध्यक्ष नेत्रा नाथ, नेपाल शिक्षक महासंघ कैलाली जिल्ला सचिव मनराज यादव र एमाले धनगढी नगर अध्यक्ष रामचन्द्र जोशी रहनुभएको थियो ।

संगठनका नगर सचीव प्रेमचन्द्र रानाले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष जुहारीलाल चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै सामुहिक डेउडा तथा होली नित्य पनि आयोजना गरिएको थियो ।