रानाथारु उत्थान समन्वय मञ्चको बार्षिक सधारण सभा सम्पन्न

२०७८ फाल्गुन १४, शनिबार २०:५९
रानाथारु उत्थान समन्वय मञ्चको बार्षिक सधारण सभा सम्पन्न

नन्दलाल राना/ पुनर्वास,१४ फागुन ।

कञ्चनपुरको पुनर्वास नगर पालिका स्तरिया रानाथारु उत्थान समन्वय मञ्चको बार्षिक सधारण सभा एक कार्यक्रमका विच शनिवारको दिन सम्पन्न भएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष धोखे रानाको अध्यक्षतामा सम्पन्न् भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा रहनु भएको थियो । वहाँले भन्नु भयो “तराइमा बस्ने रानाथारु/डगौरा थारुहरुको परम्परामा भलमन्सा प्रथा र चाकर प्रथा रहेको छ । हामीले चुनावको वेला गरेको बाचा मध्यको एक थियो ।

ति भलमन्सा र चाकरहरुले गाउको अगुवाइ गर्ने गरेको हुन्छ । हामीले सब भन्दा पहिले ति भलमन्साहरुलाई रु पाँच हजार प्रत्येक वर्ष एकमुस्ट दिनेगरी बजेट वियोजन गर्यौ । अहिले त्यसलाई बढाएर सात हजार पु¥याएका छौ तर त्यसमा भने भलमन्साको संख्या बढाउने काम चहि नगर्दिनुस ।

त्यसैगरी रानाथारुको कुलदेवता बस्ने घर भुइयाँ मन्दिको लागि प्रदेश सरकार संग पहल गरेर १२ गाउँको लागि भुइया निर्माण गरेका छौ । त्यसै गरी यहाँ वस्ने थारुहरु संग प्रस्त जग्गा थियो तर खाना लगाउन पुग्दैन थियो तर अहिले धेरै परिवर्तन भएको छ । त्यसमा पनि हामीले उन्नत तरिकाले खेति गर्नका लागि कृषि औजारहरु वितरण गरेकाछौ ।

अझ पनि मैले त के भन्ने गरेको छु तपाईहरुलाई के चाहिन्छ त्यसको योजना बनाएर माग गर्नुस दिन मिल्ने कार्यक्रम हामी नाइ भनदैनौ ” नगर प्रमुख थापाले बताए ।


त्यसैगरी कार्यक्रमका विश्ष्टि अतिथि फगुनी उपन्यासका लेखक तथा उद्योगपति पदम राना रहनु भएको थियो । वहाले भन्नु भयो कञ्चनपुरमा रानाथारु सामुदायमा उदारणीय कामहरु भएका छन । जस्तै भलमन्सा प्रथालाई कानुनी मान्यता दिनु उनीहरुको लागि रकम विनियोजन गर्नु यी सरहनिय कामहरु छन । किन भने पहिले राज्य निर्माण हुनु भन्दा पहिले यी नै पधना, भलमन्साहरुको नेतृत्वमा राज्य संचालन भएको हुन्थयोहोला । अब यतिले मात्र पुग्दैन यीनीहरुको क्षमता नेतृत्वविकास तिर पनि ध्यान दिनु पर्ने बताए ।


त्यसैगरी कार्यक्रमको शुभकामना दिनुहुने अतिथीहरु पुनर्वास नगर पालिका वडा नं.१० का वडा सुकदेव राना, वडा नं. ७ का वडा अध्यक्ष रामदुलारे राना, ए प्लस इन्जिनिङ्गका संचालक रोहित राना, बाह्रा गाउका भलमन्साहरुले शुभकामना दिनुभएको थियो ।


कार्यक्रममा विश्ष्टि व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । राष्ट्रिय जनगणा २०७८मा राम्रो भुमिका खेनुभएकोमा रानाथारु डटकमका अध्यक्ष नन्दलाल राना, विप्लस मिडियाका अध्यक्ष भानुप्रताप राना र गरिब जेहेन्दार छात्रबृति अध्यक्षकोष निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने फगुनी उपन्यासका लेखक तथा उद्योगपति पदम रानालाई प्रमुख अतिथी र अध्यक्ष द्वोयले खादा ओढाई सम्मान गरिएको थियो ।यसै गरी उत्थान मञ्चले हरेक वर्ष दुइ जना विद्यार्थि भाइवहिनाीहरूलाइ छात्रवृति प्रर्दान गर्दै अाइरहेछकाे छ । यस वर्ष छात्रवृति प्राप्त गर्ने विद्यार्थि कंकर गाउकी समझना राना वगेश्वरी मा.वि. कक्षा ९ पढने , परासन गाउका क्रेशन राना , राष्ट्रिय अाधारभुत विद्यालय कक्षा ७ मा पढने रहेका छन ।


त्यसैगरी सोहि अध्यक्षकोषमा प्रविधि शिक्षा अध्यान छात्रवृतिको लागि ए प्लस इन्जिनिङ्गका संचालक रोहित रानाले रु २५ हजार बराबरको नगद चेक संस्थाका अध्यक्षलाई हस्तान्तरण गर्नु भएको थियो भने अर्का ब्यक्तित्व समाज सेवी वनबारी रानाले अक्षयकोषको लागि रु २५ हजार दिने घोषणा गर्नुभएको छ ।


कार्यक्रमको प्रगतिविवरण संस्थका सदस्य फुल्लन रानाले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन सचिब तिर्थराज रानाले रु १लाख ७१ हजार ८ सय ४६ बराबरको हिसाब प्रस्तु गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य सदस्य बनबारी रानाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिब तिर्थराज रानाले गर्नु भएको थियो ।