धनगढी, ११ फागुन । दलित महिला अधिकार मंच नेपालले समूहमा आबद्ध सिमान्तकृत समुदायका महिलाहरुलाई कुखुरा बितरण गरेको छ ।

डि.सि.ए.को सहयोगमा दलित महिला अधिकार मंच नेपालद्धारा संचालित आधार परियोजना अन्तरगत कैलारी गाउँपालिकामा गठित महिला समूहलाई कुखुरा बितरण गरिएको हो ।

समूहमाआबद्ध सिमान्तकृत समुदायका महिलाहरुको कुखुरापालन मार्फत जिविकोपार्जनमा टेवा पुगोस भन्ने उद्घेश्यले कुखुराहरु बितरण गरिएको संस्थाका अध्यक्ष सावित्रा घिमिरेले बताउनुभयो । कैलारी गाउँपालिकामा सिमान्तकृत समुदायका ४० जना महिलाहरुलाई १००० कुखुराहरु बितरण गरिएको थियोे ।