नन्दलाल रानाको अध्यक्षतामा रानाथारु लेखक समाज गठन

२०७८ माघ २९, शनिबार २०:२१
नन्दलाल रानाको अध्यक्षतामा  रानाथारु लेखक समाज गठन

धनगढी,२९ माघ । नन्दलाल रानाको अध्यक्षतामा रानाथारु लेखक समाज गठन भएकाे छ । शनिबारको दिन एक कार्यक्रमका विच कैलाली कञ्चनपुरका रानाथारुहरुको आम भेलाबाट सात सदसिय रानाथारु लेखक समाज गठन गरेको छ ।


कार्यक्रम रानाथारु पत्रकार समाजका अध्यक्ष नन्दलाल रानाको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल रााथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिह राना , उद्योगपति तथा फगुनि उपन्यासका लेखक पदम राना, शिक्षक महाविर राना, लक्ष्वीर राना, बन्धु बडायक , लक्ष्मी राना, जानमति राना , समाज सेवी पुरन राना लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो ।


भेलाले नन्दलाल रानाको अध्यक्षतामा सात सदसिय तदर्थ समिति गठन गरेको छ । जसको उपाध्यक्षमा महाविर राना,सचिबमा लक्ष्मी राना, कोषाध्यक्ष जानमति राना, सदस्य बन्धु बडायक , लक्ष्बीर राना, पुरन रानालाई चयन गरेको छ ।


नब गिठत तदर्थ समितिले विधान मसौदा तयार गरी संस्था दर्ता प्रक्रिया अगाडी वढाउने र यसको साथ साथै यस संस्थकै नेतृत्वमा अक्षय कोष संकलन गर्नका लागि कार्यविधि निर्माण गरी अक्ष्यकोषको स्थापना गर्ने मुख्य उद्देश्यका साथ रानाथारु लेखक समाज गठन गरीएको जानकारी दिइन सचिब लक्ष्मी रानाले ।