दुस्रो रानाथारु “सुचिकृत दिवस” शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

२०७८ माघ २०, बिहीबार १६:३९
दुस्रो रानाथारु “सुचिकृत दिवस”  शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

नन्दलाल राना/धनगढी,२० माघ ।

नेपाल रानाथारु समाज केन्द्रिय समितीले “दोस्रो रानाथारु सुचिकृत दिवस” अनलाइन भर्चुअल द्वारा भव्यरुपमा सम्पन्न गरेको छ । कोभिड १९ को तेस्रो भेरिएन्टको जोखिमलाई मध्य नजर गरी भर्चुवल मार्फत “सुचिकृत दिवस” काे शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

“भर्चुवल कार्यक्रम मार्फत आपनो जति,भाषा और संस्कृतिको पहिचानको गौरव बढामएँ, अपनो हक अधिकारके सुचिश्चित करामएँ” भन्ने मुल नाराका साथ नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष कृपाराम रानाको सभापतित्वमा “दोस्रो रानाथारु सुचिकृत दिवस” भब्य रुपमा कार्यक्रम सम्पन्न भयो । कोरोनाको जोखिमले गर्दा हामीले “सुचिकृत दिवस” एक ठाउँमा भेला भएर मनाउन नपाएको आवस्था छ र अर्को कुरा हामीले पालिका, जिल्ला अधिवेशन छिटै गर्ने बताए अध्यक्ष रानाले ।

भर्चुवल कार्यक्रमका प्रमुख अतिथी पुर्व वन तथा वतावरण मन्त्री नारदमुनि राना रहनु भएको थियो । वहाँले भन्नु भयो “हामीले रानाथारु सुचिकृत भएको दिनलाई सधै सधैका लागि अन्य पर्व जस्तै मनाउने भनेका छौ । यसको लागि सबैको एकता, एकिवद्घताको आवस्यकता रहेको छ । आज मैले यो कार्यक्रममा हेरी रहेको छु आफुलाई नेता मन्ने समाजको अगुवा भन्नेहरु कार्यक्रममा उपस्थित भएका छैनन ।”

“ त्यसैले म धेरै पटक भनेको छु फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार । मेरो भन्नुको मतलब यो हो कि हामीले अरुलाई जसरी देख्छौ त्यसरी नै अर्को मान्छेले हामीलाई देखिरहेको हुन्छ । त्यसैले हामीले नेता भएर समाजलाई केही दिन सकेनौ भने नेता भन्नुको कुनै अर्थ छैन । आज हामीले थुपै उपलब्धि प्राप्त गरिसकेका छौ र धेरै उपब्धि हाँसिल गर्न वाँकी छन ।”

“हामीले २०७६ माघ २० गते रानाथारु लाई अलग्गै जातिमा सुचिकृत गराउन सफल भयौ र त्यसैकै केहि दिनमा नेपाल सरकारको राष्ट्रिय जनगणना अयोग मार्फत २०७८ सालमा पुरै देशको जनगणना गर्नु पर्ने भएकोले अहिले सम्म प्राप्त नभएको उपब्धिको रुपमा रानाथारुको जनगणना अलग्गै गरायौ । यति मात्र नभए हामीले नेकपा (एमाले)को विधानमा थारु÷रानाथारु कोटा छुट्याएर प्रतिनिधि चयन गरका छौ । यति मात्र नभएर अब हामीले स्थानिय तह प्रदेश सरकारमा पनि थप अधिकारको लागि लाग्नु पर्ने बताएका छन ।”


कार्यक्रमको शुभकामना दिने अतिथीहरुमा कृष्णपुर नगर पालिकाकी उपप्रमुख रमिता राना, नेपाल रानाथारु समाज पुर्व केन्द्रिय अध्यक्ष तथा नेक केन्द्रि सदस्य जीवन राना, आदिवासी जनजाती सुदुरपश्चिम प्रदेश अध्यक्ष दलबहादुर धर्तिमगर, प्रदेश महासचिब राजकुमार राना, रानाथारु उत्थान समनव्य मञ्चके अध्यक्ष धोखे राना, राना कला संरक्षण मञ्चका अध्यक्ष महाविर रानाले मन्तव्य दिनुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य संस्थाका केन्द्रि उपाध्यक्ष कमल सिंह रानाले गर्नु भएको थियो भने संचालन महासचिब