काठमाडौं,१८ माघ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमको मंगलबार बसेको बैठकले साबिकको बिक्री मूल्यमा प्रति लिटर तीन रुपैयाले बढाएर काठमाडौ (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्र) को लागि पेट्रोल, डिजेल र मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमस १ सय ४२ र १ सय २५ रुपैयाँ कायम गरेको छ ।