नरेश राना/कञ्चनपुर ,२३ पुस ।
नेपाल अदिबाशी जनजाति पत्रकार महासंघ (फोनिज) कञ्चनपुरको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । सो अधिवेशन शुक्लफाटा एफ एफ को सभा हलमा भएको थियो । हेमन्ती चौधरीको अध्यक्षताम अदिबेशन सम्पन भएको थियो ।
नयाँ कार्य समितिमा पुनः हेमन्ती चौधरीको अध्यक्षतामा ७ सदस्य समिति गठन भएको हो । उपाध्यक्षमा पहिलाद राना, सचिब नरेश राना, सहसचिब निरु चौधरी, गीता चौधरी, भुवनेश्वरी राना, सरीता चौधरी निर्वाचित भएका छन भने भेलाले केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिहरुलाई पनि छानौट गरेको छ ।







