सुचनाको पहुच बढाउन भलमन्साहरुलाई स्मार्टफोन वितरण

२०७८ पुष २०, मंगलवार १९:३३
सुचनाको पहुच बढाउन भलमन्साहरुलाई स्मार्टफोन वितरण

नन्दलाल राना/धनगढी,२० पुस ।

कैलालीको धनगढी उपमहानगर पालिका वडा नं. १५ ले सुचनाको पहुच वढाउन भलमन्सा तथा वडघरहरुलाई १/१ सेट स्मार्टफोन वितरण गरेको छ ।

एक कार्यक्रमका विच वडा नं. १५ का वडा अध्यक्ष फुलराम चौधरीले वडा भित्रका भलमन्सा तथा वडघरहरुलाई स्मार्टफोन वितरण गरेका हो । वहाँले कार्यक्रमलाई सम्बोधन गर्दै भने “अहिले हरेक कुरा स्मार्ट भएको छ । पहिले महिनौ दिन लाग्ने ठाउँमा आज हातको हात कामहरु भइरहेका छन । पहिले सुचना पु¥याउन कागज पत्र चाहिन थियो ।

अहिले स्मार्टफोन हातमा छ, भने सवै कुरा त्यसै बाट हुनेछ । अहिलेको युग भनेको प्रविधिको युग हो र हामीले पनि समयको माग संग चल्न सक्नु पर्दछ । त्यसैले यो स्मार्टफोनको माध्यमबाट तपाइहरुले हाम्रो वडामा भएको सबै गतिविधिहरु थाहा पाउनुहुनेछ । यो स्मार्टफोन हजुरहरुलाई चलाउन आएन भने जन्ने व्यक्तिहरुबाट सिखाइ मग्नुहोला ।

तपाईहरुलाई यस वडा कार्यालयले सम्झना स्वरुप मायाको चिनो दिएको हो । तपाईहरुको माध्यमले हाम्रो वडाको सुचना प्रभावकारी रुपमा संप्रेसण गरि जनता सम्म पु¥याएर सहयोग गर्नु भएकोले सम्मान स्वरुप वडा नं. १५ को वडाकार्यालयले उपलब्ध गराएको हो” ।


उक्त सम्मान भलमन्सा रामसरण राना, पहिलाद राना,जनकराम चौधरी,गोरेबहादुर सार्की , मन्त्री राना, चक्र बहादुर चौधरी, कर्ण बहादुर विष्ट , जितराम चौधरी ए र जितराम चौधरी बि लाई वितरण गरिएको थियो । कार्यक्रममा समाजिक परिचालक मनकु चौधरीले संचालन गरेका थिए ।