मान बहादुर राना

कञ्चनपुर, १७ पुस । कञ्चनपुरको लालझाडी ६ चान्देबमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दिउसाे २ बजेको समयमा लालझाडी वडा नम्बर ६ स्थित चान्देब बजार पश्चिम दिशातर्फ बिग्रेकाे ट्रालिमा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी निरक्षक राम बहादुर बाेहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेलाैरी नगरपालिका वडा नम्बर ९ बस्ने २६ वर्षीय अम्मर चाैधरीले चलाएको से ६ प ३९६३ नम्बरको मोटरसाइकलमा ख प ७९९ टेक्टर कुमार रानाले चलाएकाे उखु लाेड गरेकाे ट्रलिमा ठाेकिन्दा अाफ्नाे घर भतपुरी तर्फ जाने क्रममा साेही दिशातर्फ उखुलाेड बिग्रेकाे ट्रलिमा ठाेकिदा लालझाडी गाउंपालिका वडा नम्बर ४ डडाजाई बस्ने कुमार राना टेक्टर चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक बाेहराले बताउनु भयो ।