नन्दलाल राना, धनगढी, ४ पुस । मनेहरा सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुनः मोति रानाथारु निर्विरोध निर्वाचित हुनुभएको छ । कैलालीको धनगढी उपमहानगर पालिका वडा नं.७ स्थित मनेहरा सामुदायिक वन उपभोक्ता समुहकाको १३औँ बार्षिक सधारण सभा तथा छैठौँ अधिवेशन सम्पन्न भएको छ । उक्त छैठौँ अधिवेशनबाट पुनः मोतिरानालाई नै अध्यक्ष पदमा दोहराउनु भएको छ ।

त्यसैगरी उपाध्यक्षम मैनामल्ल पण्डे, सचिब वितिा चन्द ,सहसचिब सत्यराज पण्डे, कोषाध्यक्ष दिनेश वहादुर सिंह , सदस्यहरुमा फुला राना, गंगाराम चौधरी, गंगाराम जोशी, कल्पना साँवद , इन्द्रा राना, रेखा देवी राना, सिपल्लु राना, मोती सिंह सुनार रहेको बताए निर्वाचन समितीका संयोजक तुलाराम गिरीले जानकारी गराएका हुन नव निर्वाचित कमिटीलाई भोली सपत खुवाउने कार्यक्रम रहेको छ ।


उक्त कार्यक्रम सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मोति रानाथारुको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सभाका सभामुख माननिय अर्जुन बहादुर थापा रहनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि धनगढी उपमहानगर पालिका वडा नं. ७ का वडा अध्यक्ष सिताराम राना, शिवनगर खानेपानीका अध्यक्ष राजेश कुमार खाती रहनुभएको थियो भने कार्यक्रममा शुभकामना दिन देवहारिया सामुदायिक वनका अध्यक्ष शारदा प्रसाद राना,मिलन सामुदायिक वन उपभोक्ता समुह वेलीका अध्यक्ष खालौल, सरस्वती मा.वि.का प्र.अ ज्ञानेन्द्र बहादुर शाह,लगायतले मनतव्य दिनुभएको थियो ।

आ.व. २०७७।७८को आम्दानि खर्च समुहका कार्यलय सचिब लोकेन्द्र जंग ठकुल्लाले रु २४ लाख ११ हजार ८४८ बराबरको आयव्याय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन समुह सचिब धर्मा पाण्डेले गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गएिको थियो , सम्मान पाउनेहरुमा सरस्वती मा.वि.का शिक्षक, विद्यालयमा अध्ययनरत प्रथम छात्रछात्रा , खेलाडी र स्वास्थ्यकर्मीहरुलाई दोसल्ला सहित सम्मानपत्र प्रदान गरिएको थियो ।