नन्दलाल राना/कैलाली,३ पुस ।
नेपाल राष्ट्रि शिक्षक संगठन बर्दगोरीया गाउसमितिको अध्यक्षमा लक्ष्मी प्रसाद सापकोटा निविरोध निर्वाचित भएका छन ।
सनिवारको दिन नेपाल राष्ट्रि शिक्षक संगठन बर्दगोरीय गाउसमितिका दाेस्राे अधिवेसन अध्यक्ष वलराम भाटको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथी कैलाली जिल्ला समिति उपाध्यक्ष नेत्रा नाथ (जोशी) रहनु भएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठन विधिमा चल्लने संस्था हो यसमा गुटउपगुटका कुरा ल्याउनु हुदैन ।,
यो भन्दा अगाडि गठन भएका सबै पालिकाहरुमा सहमति र अत्यन्त सौहार्दपुर्णरुपमा सम्पन्न भएका छन । यो पालिकामा पनि सबै शिक्षक साथिहरुको मनोभावनालाई बुझेर काम गर्ने शिक्षक साथीहरुले नेतृत्व ल्याउनु हुने छ भन्ने मैले आशा लिएको छु । केन्द्रले पुस मसान्त भित्र सबै पालिका समिति गठन गरिसक्नु पर्ने सर्कुलर गरेको छ । त्यस पछि जिल्ला र फागुन महिनामा केन्द्रिय महादिवेशन गर्ने भन्न जानकारी आएको छ

विशिष्ट अतिथीमा कैलाली जिल्ला समिति कोषाध्यक्ष प्रभु शाह र सदस्य यसोदा जोशी रहनु भएको थियो । सभाले लक्ष्मी सापकोटाको नेतृत्वमा गाउसिमिति गठन गरेको छ । जस्मा महिला उपाध्यक्ष लक्ष्मी बिनाडी खडका , उपाध्यक्ष धनराज जोशी , सचिब मनिराज साउद ,केाषाध्यक्ष यज्ञ बहादुर घर्तिमगर, सहसचिव सत्य देवि कुवर ,सह काेषाध्यक्ष कृष्णा कठरिया ,सदस्यहरु चिरञ्जीवी कठरिया,प्रकश जोशी , सुरेश बि क, किशोर डगौरा लगायत रहनु भएकाे छ ।