नरेश राना/ लालझाडी,२९ मंसिर। कञ्चनपुरको लालझाडी गाउपालिकामा नेकपा कम्युनिष्ट पार्टी ( एकिकृत समाजबादी) को प्रथम गाउँ भेला सम्मपन्न भएको छ । उक्त भेलामा सय भन्दा बढी विभिन्न पार्टी परित्याग गरि नेताकार्यकर्ता तथा कलाकारहरुको समुह एकिकृत समाजबादीमा प्रवेश गरेका छन । पार्टी प्रवेश प्रमलाल चौधरी,मोल सिंह राना,विशेखा राना, वितिया राना, नरेश राना, चमरु राना, राम बहादुर राना,शिरिसा राना लगयतले प्रवेश गरेका छन ।

गाउँभेला लालझाडी सहइन्चार्ज अमर सिंह रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथी सुदुर पश्चिम प्रदेश कमिटि अध्यक्ष विक्रम शाही विशिष्ट अतिथी सुदुरपश्चि प्रदेश आर्थिक मामिला तथा योजना मान्त्री तारालामा तामाङ्ग रहनु भएको थियो भने अतिथिहरुमा पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवान थापा , कञ्चनपुर जिल्ला अध्यक्ष कनुकलाल चौधरी,प्रदेश कमिटि सदस्य डिट्ठा राना ,जिल्ला सदस्य आर.पी सार्की लगायत नेताकार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा मन्त्री लामा भने संविधानको जनभावना विपरीत केपि ओलीको सरकारले विघटन गर्न खोजियो तर सर्वोच अदालतले यसलाई असंवैधानिक भन्नुभयो । अहिले गठबन्धन द्वारा सरकार संचालन भइ रहेको छ । यो गठबन्धन सरकारले जुन निर्णय गर्नु पर्दा सल्लाह गरे गर्नेछ । अहिले एमसिसिको कुरा आइरहेको छ । त्यति वेला पनि नेकपा हुदा समस्या अएको हो हामीले कमरेड झलनाथ खनालको नेतृत्वमा यो जस्ताको त्यसतै पास गर्नु हुदैन भनेर कार्यदल गठन गरका थियो ।

अहिले हामी सोहि लाइनमा छौ । केन्द्र सरकारले हामीलाई आसहयोग गरि रहेको छ । दोदा नदिमा निर्माणधिन पुलको रोहिराखेको काम यहि पुस महिनाबाट शुरु गर्नका लागि हामी लागेका छौ बताए मन्त्री लामा ।

सोहि भेलाबाट सोमविर चौरधरीको अध्यक्षतामा ६५ जनाको गाउँकमिटी गठन भएको छ । उपाध्यक्षमा भिम बहादुर राना , सचिबमा नरायण राना लगायत रहेका छन ।