नरेश राना, लालझाडी २७ मंसिर । कंचनपुरकाे लालझाडी २ कंज गाउँ स्थित अशाेक सामुदायिक वन उपभाेक्ता समुहकाे आठाैँ बार्षिक सधारण सभा सम्पन्न भएकाे छ । कार्यक्रम समुहकी अध्यक्ष सारदा रानाकाे सभापतित्वमा भएको थियो।
प्रमुख अतिथि लालझाडी गाउपालिका वार्ड नं २ का वडा अध्यक्ष हेमराज राना रहनु भएकाे थियाे। वहाँले सामुदायिक वन सबैकाे सझा सम्पति हाे यसकाे संरक्षण तथा संवद्धन पनि सबै उपभाेक्ताहरू मिलेर नै गर्नु पर्दाछ । सामुदायिक वनवाट हामीले घाँस,दाउरा पाउनकाे साथै यसले हाम्राे थुर्पै विकासका बाटाहरू पनि खाेलिदिएकाे छ ।
सामुदायिक वन उपभाेक्ता समुहले गाउँमा विभिन्न राेजगार मुलक तालिमहरू संचालन गरेकाे छ । हामी स्थानि निकायले पनि सामुदायिक उपभाेक्ताहरू संग हातेमालाे गरेर जानुकाे विकल्प छैन वताउनु भयाे वडाअध्यक्ष रानाले ।
कार्यक्रमकाे बिशिष्ट अतिथि cfcc कंचनपुरक़ा सदस्य सहदेव राना रहनु भएको थियो । त्यसैगरी कार्यक्रमकाे स्वागत मन्तव्य संस्थाका सल्लाहकार सदस्य हंसराम रानाले दिनु भएको थियो भने आ.व. २०७७।०७८काे आयव्याय समुदायक वनका सचिब हरि रानाले प्रस्तुत गर्नु भएकाे थियाे । वहाँले रू ३ लाख ९८ हजार पाँच रूपैया बराबरकाे कारोबार भएको थियो भनेर जानकारी गराउनु भयाे । कार्यक्रमकाे संचालन प्रकाश रानाले गरेका थिए ।