एमाले पोलिटब्यूरो सदस्य तथा कैलाली जिल्लाको इन्चार्जमा नारदमुनी राना

२०७८ मंसिर २६, आईतवार २१:२५
एमाले पोलिटब्यूरो सदस्य तथा कैलाली जिल्लाको इन्चार्जमा नारदमुनी राना

काठमाडाैँ,२६ मंसिर । नेकपा एमालेले पोलिटब्यूरो गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गरेका हुन् ।जस मध्य सुदुरपश्चिम प्रदेशबाट पोलिटब्यूरो सदस्यमा उल्लेख्य ब्यक्तीहरुको नाम परेको छ । 

पोलिटब्यूरो सदस्य
लेखराज भट्ट  
कर्ण बहादुर थापा 
राजेन्द्र रावल
नारादमुनि राना
गणेश ठगुन्ना
गौरी वली
निरुदेवी पाल
लीलाकुमारी भण्डारी

एमालेको विधानमा ९९ सदस्यीय पोलिटव्यूरो रहने व्यवस्था छ । अध्यक्ष ओली केपी शर्मासहित १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने भएकाले ८० जना प्रस्ताव गरेका हुन् ।

एमाले कैलाली जिल्लाको इन्चार्जमा नारदमुनी राना

आजै सम्पन्न नेकपा (एमाले) को दोस्रो केन्द्रिय कमिटिको बैठकले पार्टी कैलाली जिल्ला इन्चार्जमा पोलिटव्युरो सदस्य नारदमुनी रानालाई जिम्मेवारी दिएको छ।

पार्टिको बैठकले आज केन्द्रिय तहका सबै नेतालाई जिम्मेवारी बाडफाड गरेको छ । राना आज नै पोलिटव्युरो सदस्यमा पनि मनोनीत हुनुभएको छ साथै जिल्ला इन्चार्जकोपनि जिम्मेवारी प्राप्त गर्नुभएको छ। राना यस अघिपनि कैलाली जिल्लाको इन्चार्जमा हुनुहुन्थ्यो।