धनगढी,२५ मंसिर। नेपाल राष्ट्रिय शिक्षक संगठन धनगढीको दोस्रो नगर अधिवेश शनिवारको दिन एक कार्यक्रमको विच सम्पन्न भएको छ । कार्यक्रम संगठनका नगर अध्यक्ष ज्ञनेद्रराज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष तिलक बहादुर सिंह रहनु भएको थियो भने विष्टिअतिथी उपाध्यक्ष नेत्रा नाथ ( जोशी), केन्द्रिय प्रतिनिधि लक्षिराम सिडारी रहनु भएको थियो । त्यसै गरी अतिथीहरुमा जिल्ला सहकोषाध्यक्ष उमा पछल्डङ्या, जिल्ला सदस्य नरेन्द्र कोटकेनि,नन्दलाल राना,प्रमानन्द शर्मा, रेखा कुवँर रहनुभएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य नगर उपाध्यक्ष जुहारीलाल चौधरीले गर्नु भएको थियो भने सांगठनिक प्रतिवेदन सचिब विनोद हमालले प्रस्तुत गर्नु भएको थियो । आर्थिक प्रतिवेदन सहकोषाध्यक्ष सत्य देवी स्नेहि आ.व.२०७७/७८ को रु १ लाख ४६ हजार बरावरको आयव्याय प्रस्तुत गर्नु भएको थियो ।

नयाँ कमिटी गठन
नगर भेलाले शान्ति पालको नेतृत्वमा धनगढी नगर कमिटी गठन गरेको छ । जस्मा महिला उपाध्यक्ष सत्य दवि स्नेही, उपाध्यक्ष जुहारीलाल चौधरी, सचिब प्रेमचन्द्र राना सहसचिब जयन्ती चौधरी , कोषाध्यक्ष विक्रम कुमार शर्मा,सहकोषध्यक्ष सानु चौधरी सदस्यमा कमला भट्ट, गयात्री पाठक, खडक विक, भिराराम राना, रणबहादुर चौधरी,इन्दिरा राना लगायत रहनु भएको छ ।