लालझाडी,६ मंसिर । नेकपा माओवादी केन्द्रको आगामी पुषमा हुने महाधिवेशन अन्र्तरगत कञ्चनपुरको लालझाडी गाँउपालिका ६मा पनि वडा अधिवेशन भएको छ । वडा नम्बर ६मा अम्मर बहादुर डगौराको अध्यक्षमा २९सदस्यीय वडा कमिटि विस्तार भएको छ ।
उपाध्यक्ष नगिना कुमार राना, सचिव पच्चुलाल राना, सह सचिव संगिवता चौधरी, कोषाध्यक्ष गोबिन्द राम राना चयन भएका छन । कार्यक्रममा माओवादी केन्द्र कञ्चनपुरका नेता एव लालझाडी गाँउपालिका प्रमुख मदनसेन बडायकको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । यस अघि लालझाडी गाँउपालिका २, ४, ५, सम्पन्न भएका थिए ।






