नरेश राना,लालझाडी, ४ मंसिर ।
नेकपा माओवादी केन्द्रको अगमी पुषमा हुने राष्ट्रिय अधिवेशनको तयारी स्वारुप कञ्चनपुरमा समेत शानिवार देखि वडा सम्मेलन शुरु भएका छन । जस अनुसार कञ्चनपुरका ९वाटै पालिकामा वडा अधिवेशन शुरु भएका हुन ।

केही वडाहरुमा अधिवेशन प्रविधिक कारणले शनिवार हुना नसके एक दुई दिन पछि सम्मेलन हुने नेकपा माओवादी केन्द्र कञ्चनपुरले जनाएको छ । नेकपा माओवादी केन्द्र कञ्चनपुरका जिल्ला सदस्य भक्ता रानाले पार्टिका अधिवेशन अन्तर्गत शनिवार कञ्चनपुर जिल्ला लगायत देश भरीका विभिन्न वडासम्मेलन एक साथ शुरु भएको बताए ।

सोहि अनुसार जिल्लाको लालझाडि गाउपालिका वडा नं. २ कञ्चमा वडा सम्मेलन सम्पन्न भएको छ । देवकुमार चौधरीको अध्यक्षतामा २९ सदस्यीया वडा समिति गठन भएको हो ।