धनगढी,१८ कातिक।

राष्ट्रिय जनगणना २०७८ कातिक २५ देखि मंसिर ९ गते सम्म हुने भनिएको जनगणनामा रानाथारु सामुदायमा सचेतिकरण अभियानमा पुर्व मन्त्री माननीय नारदमुनि राना जनताको गाउ-गाउ मै पुगेर भनेका छन ।

वहाँले भनेका छन, ‘अरुहरुको हकमा यो १२औँ होला तर रानाथारुहरुको यो जनगणना पहिलो हो । २०७६ साल माघ २० गते हामीले सुचिकृत भईक्यौ, राज्यले हामीहरुलाई अलग्गै पहिचान दिइ सकेको हुनाले हाम्रो जनगणना अलग्गै हुनुपर्छ भनेर हामीले माग गर्यौ र आज सोहि अनुसार हाम्रो पहिचान रानाथारु, हाम्रो पुर्खाको भाषा रानाथारु हामीले बोलिने भाषा पनि रानाथारु नै रहेकोले र हाम्रो जातिको कोड १२६ हो भन्दै जनताहरुलाई सचेत गराउनु भयो ।,’

‘ यसको साथै वहाँले जनता संग गरेको बाचा पुराहुदै विश्वास दिलाए हाम्रै पहलमा रानाथारुलाई सुचिकृत गराउन सफल भयौ यति मात्र नभएर वहाले रानाथारुको अलग्गै जनगणना हुनुपर्छ भनेर पहल ग¥यौ । धनगढी,कनरी,उर्मा, भदा, गदरैया हुदै पच्चिस फुलबारी जोडने सडकको टेन्डर अब केहि दिनमै हुदैछ । २५ करोडको लगानीमा ३ बर्षे कालाकालमा सम्पन्न हुने गरी टेन्डर हुदैछ । राम्रो ठेकेदारको हातमा टेन्डर प¥यो भने यसै वर्ष देखि शुरु हुन्छ भनेर जानकारी दिनु भयो ।

सचेतिकरण अभियानका विशिष्ट अतिथि धनगढी उपमहानगर पालिका वडा नं. १५का वडा अध्यक्ष फुलराम चौधरी रहनु भएको थियो ।

सोहि कार्यक्रममा नेपाल रानाथारु सामजका केन्द्रिय उपाध्यक्ष कमल सिंह रानाले राष्ट्रिय जनगणना २०७८को महत्व र आवश्यक्ताको बारेमा प्रकाश पार्नु भयो । नेपाल रानाथारु समाजको आयोजनामा भै रहेको यस कार्यक्रम हिजो देखी माननीय नारद मुनी राना द्वारा उद्घाटन भै बिभिन्न गाउमा सन्चालन भैरहेको छ , हाल सम्म गदरिया, उर्मा , उर्मी गाउ मा यो जनचेतना अभियान पुरा भएको छ भने अन्य गाउमा निरन्तर यो कार्यक्रम अगाडी बढीरहेकाे उपाध्यक्ष राना ले बताए, साथै उहाले यो कार्यक्रम निकै लाभदायक भएको जानकारी समेत दिनु भयो ।

कार्यक्रमलाई विपलस मिडियाका अध्यक्ष भानुप्रताप रानाले सहजिकरण गर्नु भएको थियो । सचेतिकरण अभियानमा रानाकला संरक्षण तथा विकास मंचके अध्यक्ष नारयण राना, रानाथारु डटकमके सम्पादक नन्दलाल रानाको साथ र सहयोग रहेको थियो । सचेतिकरण अभियान कार्यक्रम धनगढी उपमहानगर पालिका वाड नं. १५ का गाउमा रहेकोले गाउँका भलमन्साहरुको सहयोगले र भलमन्साहरुकै सभपतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

उर्मा दखिन टाेल, नेराथास उपाध्यक्ष कमल सिंह राना
सहजीकरण गर्दै भनुप्रताप राना
उर्मा उतर टाेल, वडा अध्यक्षा फुलराम चाैधरी
गदरिया गाउँमा सम्बाेधन गर्दै पुर्व मन्त्री नारदमुनि राना
उर्मा गाउँका स्थानिय व्यक्ती
उर्मि गाउँका स्थानिय व्यक्ती