कैलालीको धनगढी उपमहानगर पालिका वडा नं.७ देवहरिया गाउँ स्थित देवहरिया सामुदायिक वन उपभोक्ता समुहको १८औ बार्षिक सधारण सभा तथा ९औँ महाधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा देवरिया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भजन रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशब पराजुली

कार्यक्रममा प्रमुख अतिथि डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशब पराजुली रहनु भएको थियो । वहाँले भन्नु भयो “आम्दानीको २५ प्रतिशतलाई वन ब्यवस्थापनमा खर्च गर्नुस किनकि आज वनको विकासको लागि खर्च गर्छौ भने पछि हामीलाई त्यही वनले फाइदा दिन्छ र बाकी रहेलो आम्दानीलाई १०० प्रतिशत मनेर आधा आधा खर्च गर्नुस । सामुदायिक वनको मुल उद्देश्य गरीब , आसय , बिपन्न , निमुखा का वर्ग मध्यले सामुदायिक वनबाट फाईदा पाउनु हो र पायोकि पाएन भनेर थाहा पनि पाउन जरुरी छ ।

अतिथी ज्यु


यहाँको स्थानीय सरकार एकदमै सकारात्मक छ सामुदायिक र स्थानीय सरकारको बजेट मिलाएर काम गर्‍यो भने राम्रो हुन्छ । प्राबिधिक सहयोग चाहेमा हामी तयार छौ हामिलाई फोन , निवेदन बाट बताउनुस हामी सहयोग गर्न तयार छौ भनेर डिभिजन वन कार्यालय  प्रमुख पराजुलीले बताए ।

कार्यक्रमका बिशिस्ट अतिथि असिन धनगढी उप-महानगरपालिका वडा ७ का वडा अध्यक्ष सिताराम राना भने स्थानीय सरकार र सामुदायिक वनले मिलेर काम गर्न सकिन्छ । तपाईंहरु कार्यक्रम बनाउनुस हामी साझेदारीमा काम गर्न तयार छौ । देवरिया सामुदायिक वन उपभोक्ता समुह प्रथम स्थान पुग्न सफल भएको छ म यस उपभोक्ता समुहका प्रति अभार प्रकट गर्न चाहन्छु ।

त्यसैगरी कार्यक्रममा सरस्वती मा.वि. का प्र.अ. ज्ञनेन्द्र बा. शाह , नवज्योति कृषि सहकारी संस्था लि.का उपाध्यक्ष मेघनाथ राना , शिव आ.वि. का प्र. अ. नन्दलाल राना र विभिन्न संघ संस्थाबाट आएका प्रतिनिधि र उपभोक्ता सदस्यहरुले कार्यक्रमको सफलताके शुभकामना  मनतव्य दिएका थिए ।

देवरिया सामुदायिक वन उपभोक्ता समुहको आर्थिक वर्ष ०७७/०७८ को आयव्यय रकम २४लाख २हजार ४६ रुपैयाँ ७६ पैसा भएको छ । उक्त लेखापरीक्षण प्रतिवेदन देवरिया सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष भागीराम चौधरीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य देवरिया सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष जगत राम रानाले सबै अतिथि तथा उपभोक्ता सदस्यहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा पुर्व अध्यक्ष तथा उपाध्यक्षहरु सम्मानित भएका छन कार्यक्रममा संस्कृतिक नाचगान पनि भएको थियो ।


नयाँ कार्यसमिति भोलि मिति २०७८ कार्तिक १४ गते बिहान ११ बजे भित्र सहमति हुन नसकेमा  निर्वाचनको प्रक्रिया अगाडी बढाउने छ भनेर निर्वाचन संयोजक ज्ञानेन्द्र बा. शाहले घोषण गरेका छ्न ।

देवरिया सामुदायिक वन उपभोक्ता समुहको १८ औं वार्षिक साधारण सभा तथा ९औं महाधिवेशन कार्यक्रम पृथ्वी रानाले संचालन गरेका थिए ।