नरेश राना/ लालझाडी ९ कातिक । कञ्चनपुरमा वाढी पिडितको अवस्था बुझनाको लागि क्षेत्र नं. १बाट निर्वाचित पुर्व खानेपानी मन्त्री विना मगर निरन्तर पिडित जनताको घरदैलोमा पुगीरहेकी छिन ।
वहाँले आप्ना क्षेत्रका वाढी पिडित जनताको घरदैलोमा पुगेर समस्या वुझिरहेकी छिन । नेकपा मओवादी केन्द्रका नेता समेत रहेका स्वकिय सचिब दिपक तिमिलसेनाले आइतबार देखि पुर्व खानेपानी मन्त्री मगरले बाढी प्रभावित क्षेत्र र वाढी पिडित संग छलफल गरेको बताए । मन्त्रीले स्थनिय सरकार संग समन्वय गरेरा वाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन र पिडित परिवार संग छलफल गरेका छन ।

उनले भने हामी संघ र स्थानिय जनप्रतिनिधि संयुक्त रुपमा अनुगमन गरिरहेका छौ । उनका अनुसार आज लालझाडी गाउपालिका वडा नं. १,२,३ र ४ मा दोदा नदीको कटानी वाढी प्रभावित क्षेत्रको स्थलगत अनुमन गरीएको हो । वाढी प्रभावित भएको वेला संघिय सरकार संग न्यायोचित राहत पुर्नास्थापना एवं उचित क्षेतिपुर्तीको माग अघि सारेकी छौ मगरले बताइन ।

निर्वाचन क्षेत्र नं. १ को वेलौरी, पुर्नावास र लालझाडी क्षेत्रका वाढी प्रभावित क्षेत्रको अनुगमन आप्नो निर्वाचन क्षेत्रमा बाढी पिडित जनता संग भेटघाट र प्रभावित क्षेत्रको अनुगमन गर्दै पुर्वखानेपानी मन्त्री मगर वाढीपिडित जनतालाई राहत ,पुर्नास्थापना र वाढीबाट क्षेति ग्रस्त भएको भौतिक संरचना, खेतबारी, सडक लगायतका सानाठुलो खोलाका कटानी नियन्त्रणका लागि दिर्घाकालीन योजना ल्याउन समेत संघिय सरकार संग अग्रह गरेकी छिन । खानेपानी मन्त्री मगरले वाढी पिडितको समस्यप्रति आफुले आप्नो क्षेत्रबाट तिनै सरकारलाई घरघचाउदै राहत दिलाउने प्रतिबद्घता जाहेर गरीन ।

स्थानिय व्यक्ति प्रकाश रानाको भनाइ अनुसार यस अघि चुनाब जितेका संसदले हाम्रा पिडा माथी कहिल्यै यसरी साथ दिएनन उनले भने । आज हामीलाई दुःखदा हाम्रो निर्वाचित संसद हाम्रै घरदैलोमै पुगरे यसरी पिडा बझेकी छिन रानाले भने । जनताहरुले समेत मन्त्री मगरको अनुगमनको सरकारत्मक रुपमा लिएका छन

सोहि कार्यक्रममा लालझाडी गाउपालिकामा विभिन्न पाटी परित्याग गरि ३० जनाले नेकपा माओवादीमा प्रवेश गरेका छन । मन्त्री मगरले वहाँहरुलाई स्वागत गर्दै पाटी प्रवेश गराएकी छन ।






