कञ्चनपुरमा युवक अचेत भेटिए, उपचार हुँदै
बेलौरी । बेलडाडीमा एक युवक अचेत अवस्थामा भेटिएका छन ।
आइतबार राती बेलडाडी गाउँपालिका -२ क्यामबाट अन्दाजी २७ वर्षीय युवक अचेत अवस्थामा भेटिएका हुन । सडक किनारमा अचेत अवस्थामा पहिचान नखुलेको युवकलाई स्थानीयले देखेपछि प्राथमिक स्वास्थ्य केन्द्र बेलडाडीमा पुर्याएका थिए ।
गम्भीर अवस्थामा रहेका उनलाई सोमबार बिहान थप उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको ईलाका प्रहरी कार्यालय बेलडाडीले जनाएको छ । युवकको हालसम्म समेत पहिचान हुन नसकेको प्रहरीको भनाई छ ।
उनको अवस्था गम्भीर रहेको बताइएको छ ।






