नेपाल मगर विद्यार्थी संघको ३१औँ स्थापना दिवस–२०८२ को अवसरमा ३१ थान दीप प्रज्वलन गरी कार्यक्रम धनगढीको पार्कमोडमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका उपमहासचिव मीन दरलामी मगर रहनुभएको थियो भने विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश अध्यक्ष डिवि जिएम रहनुभएको थियो । त्यसैगरी अतिथिहरूमा नेपाल मगर संघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष कमल पुन मगर, थारु कल्याणकारीणी सभा केन्द्रीय पार्षद ठाकुर करियाप्रधान, नेपाल आदिवासी जनजाति महासंघ (NYFIN) कैलालीका अध्यक्ष दीपक चौधरी, राना थारु विद्यार्थी समाजका उमेश राना लगायत नेपाल मगर संघ तथा मगर विद्यार्थी संघका केन्द्रदेखि वडा तहसम्मका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रमेश डम्मरपाल मगरले राख्नुभएको थियो । त्यसैगरी शुभकामना मन्तव्य NYFIN कैलालीका अध्यक्ष दीपक चौधरी, NMSA केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मनोज पुन मगर, थारु कल्याणकारीणी सभा केन्द्रीय पार्षद ठाकुर करियाप्रधान, नेमस सुदूरपश्चिमका निवर्तमान अध्यक्ष कमल पुन मगर तथा प्रमुख अतिथि मीन दरलामी मगरले व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको संचालन नेपाल मगर विद्यार्थी संघ सुदूरपश्चिम प्रदेश समितिका महेश थापा मगरले गर्नुभएको थियो ।
यसै अवसरमा फागुन २८ गते आमाको माया छात्रावासमा खाद्यान्न सामग्री वितरण, तथा फागुन २९ र ३० गते उद्घोषण तालिम र वक्तृत्वकला कार्यक्रम सञ्चालन गरिने कार्यक्रम पनि तय गरिएको छ ।







