धनगढीमा वडा स्तरीय खुला भलिबल प्रतियोगिता हुने

धनगढी, कैलाली

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको न्यू भिजन युवा क्लबको आयोजनामा वडा स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

स्थानीय स्तरमा खेलकुदको विकास गर्ने र युवाहरूमा रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।

 * सञ्चालन मिति: २०८२ फागुन २७ गतेदेखि ३० गतेसम्म ।

 * दर्ता मिति: २०८२ फागुन २६ गतेसम्म ।

 * दर्ता शुल्क: रु. १,५००/- (एक हजार पाँच सय मात्र) ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ :

 * प्रथम पुरस्कार: नगद रु. २१,०००, ट्रफी, मेडल र प्रमाणपत्र।

 * द्वितीय पुरस्कार: नगद रु. १३,०००, ट्रफी, मेडल र प्रमाणपत्र।

 * तृतीय पुरस्कार: नगद रु. ८,०००, ट्रफी, मेडल र प्रमाणपत्र ।

न्यू भिजन युवा क्लबका अध्यक्ष शिवराज राना, कोषाध्यक्ष विराज राना र सचिव राम सिंह राना लगायतको कार्यसमितिले प्रतियोगितालाई भव्य रूपमा सफल पार्न तयारी तीव्र पारिएको बताएका छन् । आयोजकले आफ्ना वडाका टिमहरूलाई सहभागी गराई खेलकुदको प्रवर्द्धनमा सहयोग गरिदिन समेत अनुरोध गरेको छ ।

 थप जानकारी का लागि सम्पर नं. ९७६३८४९५४४ ।