बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका उपाध्यक्षले पालिका प्रमुखलाई ज्यान मार्ने धम्की दिएका छन् । सोमबार पालिकाको कार्यालयमै उपाध्यक्ष शान्ति नाथले अध्यक्ष हरिशचन्द्र रानालाई ज्यान मार्ने धम्की दिएको घटनापछि महोल हलचल भएको छ ।
घटनाको सुरुचाहिँ एउटा सरकारी गाडी नै थियो । पालिकाको आधिकारिक रेकर्डअनुसार गाडी प्रमुखले प्रयोग गर्ने व्यवस्था गरिएको छ । तर सोही गाडी उपाध्यक्ष नाथले बारम्बार माग गर्ने, साथमा मासिक यातायात सुविधा पनि लिने—यसरी दोहोरो सुविधा लिएकै बाबजुत पनि अध्यक्ष रानको आफ्नो काम परेकै बेला उपाध्यक्ष नाथले पनि आफुलाई गाडी चाहिएको मागगरेकी थिएन् । त्यस भन्दा पहिला पालिका प्रमुख रानाले आज गाडी कसैलाई नदिनु होला पालिकाको कामले दुइ तिन अफिस जानु छ भनेर ड्राइभरलाई निर्देशन दिएका थिए ।
उपाध्यक्ष नाथले सरकारी गाडी कसैको बाउको हाइन् भन्दै एकाएक ड्राइभरसँग चाबी खोस्दै अध्यक्ष रानालाई समेत ‘घाँटी च्यापेर ज्यान मारिदिन्छु’ भन्ने धम्की दिएको स्रोतहरू बताउँछन् ।
निर्वाचनपछि उपाध्यक्ष नाथले यातायात सुविधा नलिने बताउँदै मासिक ९ हजार रुपैयाँ बराबरको सुविधा लिन थालेकी थिइन् । तर, उनले सरकारी गाडीसमेत निरन्तर प्रयोग गर्दै आएको भेटिएको छ । व्यक्तिगत काममा समेत सरकारी गाडी उपाध्यक्ष चढेको बेला दुरुपयोग भएको भेटिएको थियो ।
गाउँपालिकाको आधिकारिक इन्ट्रीअनुसार गाडी अध्यक्षको प्रयोगका लागि तोकिएको छ । तर, उपाध्यक्ष नाथले दिनहुँ गाडी माग्ने र सोही क्रममा सुविधा दोहोरो पारेपछि प्रमुख प्रशासकीय अधिकृतलाई समेत गाडी प्रयोग गर्न दिइएको थियो ।
यता, अध्यक्ष रानाले भने हालसम्म अतिरिक्त सुविधा नलिएको गाउँपालिका स्रोतको भनाइ छ । स्रोतका अनुसार प्रमुख र उपप्रमुखले पाउने सेवासुविधा हेर्दा उपाध्यक्ष नाथले अध्यक्ष भन्दा दोब्बर बाराबर सुविधा उपभोग गर्दै आएकी छिन् । यसले जनप्रतिनिधीको प्राथमिकता विकासभन्दा सेवा–सुविधा केन्द्रित भएको हो कि भन्ने जनतामाझ प्रश्न उब्जिएको छ ।
अध्यक्ष रानाले भने गाडी आफ्नो नाममा भए पनि बारम्बार उपाध्यक्षलाई सहयोगकै लागि उपलब्ध गराइआएको स्पष्ट पारे । “गाडी नदिने होइन, तर पालिकाकै काममा तत्काल जानुपर्ने बेला अवरोध हुनु भनेको मुर्खतापूर्ण हो,” उनले भने ।
निर्वार्चित यता उपाध्यक्ष नाथले सरकारी बजेटबाट पटक–पटक निजी गाडीसमेत प्रयोग गरेको र त्यसको भुक्तानी तेलदेखि अन्य खर्चसम्म पालिकाबाटै भएको तथ्यसमेत सार्वजनिक भएको छ ।
सुविधा विवाद मात्र नभई उपाध्यक्ष नाथमाथि बेलडाँडीका महत्वपूर्ण विकास योजनाहरूमा अवरोध गरेको गम्भीर आरोपसमेत लागेको छ । १५ शैयाको अस्पताल निर्माण, आपतकालीन भवन, कोल्ड स्टोर, सडक फराकिलो पार्ने जस्ता विषयमा बारम्बार फरक मत राख्दै प्रक्रिया रोकेकी उनले गाउँपालिकाको समग्र विकासलाई नै अवरुद्ध तुल्याएको अध्यक्ष पक्षको आरोप छ ।
सोमबारकै घटनापछि पत्रकारहरूले बुझ्न खोज्दा उपाध्यक्ष नाथ झोक्किएको जनाइएको छ । सुरुवातमा प्रत्यक्ष जवाफ दिन नमानेकी उनले अन्तत : प्रश्नहरू बढ्दै गएपछि “गाडीमा अरुले चढ्न पाउने, मैले नचढ्ने भनेर कहाँ लेखिएको छ ?” भन्दै उच्च स्वरमा जवाफ दिएकी थिइन् । त्यसपछि उनले फोन नै काटिदिएको पत्रकारहरूले बताएका छन् ।
घटनाबारे बुझ्दा अध्यक्ष हरिशचन्द्र रानाले आफ्नो पक्ष प्रष्ट पार्दै भने, “म जनताका खर्च कम गर्नुपर्छ भनेर आफैंले पाउने सुविधा समेत धेरै कटौती गर्दै आएको छु । उपाध्यक्ष ज्यु भने बारम्बार दोहोरो सुविधा लिन खोज्दा जनतामाझ गलत सन्देश गएको छ । धम्की त म त्यस्ता धेरै सुनेको छु, धम्कीमा डराएको भए म आज यो पदमै हुने थिइनँ । म सच्चा रूपमा जनताको सेवामा लागेको छु ।”