कैलाली ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती कैलाली महिला विभागको आयोजनामा तीज मिलन तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
कार्यक्रम महिला उपाध्यक्ष सिता शाहाको अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य नेत्रा नाथ रहनु भएको थियो । भने विशिष्ट अतिथि राष्ट्रिय समिति सदस्य द्वाेय चक्र बहादुर विष्ट र चक्र तिमिल्सेना, प्रदेश अध्यक्ष खगेन्द्र धमाला रहनु भएको थियो ।
त्यसैगरी अतिथिहरुमा प्रदेश सचिवाय सदस्य नरेन्द्र शर्मा, कैलाली जिल्ला अध्यक्ष प्रभुनाथ जैशी , उपाध्यक्ष कर्ण बहादुर सावद लगायतले कार्यक्रमको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा सहभागि विभिन्न पालिका समितिहरुको नृत्य प्रस्तुनी रहेको थियो । तीज नृत्य प्रतियोगितामा प्रथम धनगढी नगर समिति , दृतिय टिकापुर नगर समिति र तृतिय गोदावरी नगर समिति सन्तोनामा लम्कीचुहा नगर समिति, र मोहन्याल गाउ समिति रहेका छन । सहभागि प्रथम, दृतिय र तृतिय हुनेलाई नगद र सहभागि सवैलाई प्रमाणपत्रले सम्मान गरीएको थियो । कार्यक्रम सहसचिब ललिता सावदले संचालन गर्नुभएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य अमृता देवकोटाले गर्नु भएको थियो ।