कन्चनपुर। सुदूरपश्चिम सरकारले भोली (आइतबार) सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले भदौ १ गते मनाइने ओल्के पर्वको अवसरमा विदा दिएको हो।
ओल्के पर्व सुदूरपश्चिमका पहाडी जिल्लामा विशेष महत्वका साथ मनाइन्छ। यो पर्वलाई जेठो पर्वको रुपमा मनाउने गरिएको छ। ओल्के पर्वपछि अरु चाडपर्व शुरु हुने गर्दछन्।