बेलौरी । कञ्चनपुरको बेलौरीमा एक महिला मृत फेला परेकी छन । आज विहिवार विहान बेलौरी नगरपलिका ७ र ८ को सिमानमा पने खप्टीनाला नजिक महिला मृत भेटिएकी हुन ।

मृत भेटिएकी महिला बेलौरी नगरपलिका ८ की ४२ वर्षिया बिन्दु चौधरी रहेको ईप्रका बेलौरीले जनाएको छ ।

प्रहरीका अनुसार बिन्दू केहि समय देखि अस्वस्थ थिईन । उनि आफै आफै बोल्ने गर्थिन । यो समस्या देखिएपछि परिवारले उनलाई बेलौरीको बुटाबारीमा फुफुको घरमा झारफुकका लागि १ साता अघि पठाएको थियो ।

उनि हिजो मात्रै त्याहाँबाट फर्किएकी थिईन । बेलौरीमा ओर्लिएपछि उनि सम्पर्कविहिन भईन । त्यसपछि परिवारले आफै सोधिखोजी गर्दा आज विहान उनलाई मृत फेला पारेको प्रहरीको भनाई छ ।

हाल उनको शव पोष्र्टमार्टमको लागि श्रीपुर स्वास्थ्य चौकीमा राखिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।