धनगढी । जिल्ला कारागार कैलालीमा २०८२ साल श्रावण २३ गते शुक्रबार राती कैदीबन्दीहरु विच भएको झडपका कारण एक जनाको मृत्यु र ४९ जना कैदीबन्दीहरु घाईते भएको घटना प्रति मानवअधिकार संरक्षण मंच नेपाल सुदूरपश्चिम प्रदेश समितीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मानवअधिकार संरक्षण मंच नेपाल सुदूपश्चिम प्रदेश अध्यक्ष डिल्लीराज जोशीले सोमबार एक विज्ञप्ती जारी गर्दे घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन ।

“घटनाको स्थलगत निरीक्षणको क्रममा घाईते र घाईतेका परिवारजनबाट प्राप्त प्रारम्भीक जानकारी एंव सूचना अनुसार मुद्धाको प्रकृति अनुसार कैदीबन्दीहरुको मानवीय संबेदनशिलता र भौतिक एंव नैतिक सुधारको व्यवस्थालाई गम्भीरता पूर्वक नलिई सुरक्षा र प्रशासनको चरम लापरवाहीका कारण उक्त घटना भएको मासम नेपालले ठहर गरेको छ” – प्रदेश अध्यक्ष जोशी द्घारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।
मासम नेपालले सो घटनामा परी मृत्यु भएका व्यक्ति प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै
घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारलाई उचित क्षेतीपूर्ति उपलब्ध गराउनु पर्ने,घाईतेहरुको अवस्था बारे आफन्तलाई जानकारी गराउनु पर्ने, घाईतेहरुको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिई शीघ्र प्रभावकारी आवश्यक उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।
विज्ञप्तीमा प्रदेश अध्यक्ष जोशीले
मानवअधिकारकर्मी,नागरिक समाज र पिडित पक्षको समेत प्रतिनिधित्व हुने गरी उच्चस्तरीय छानविन समिती गठनको माग गरेका छन् ।
कारागारमा क्षमता भन्दा अत्याधीक बढी कैदीबन्दीहरु राखिएको कारणले पनि यस प्रकारका घटनाहरु दोहोरीरहने भएकोले आवश्यक आधुनिक भौतिक संरचनामा कारागार निर्माण र मानव ब्यबस्थापन ,सहित उत्पादनमूलक र व्यवहार परिवर्तन परामर्श कक्षा सँचालन गरी कैदीबन्दीहरुको मानव अधिकारको सरक्षण र सम्बर्धन गर्न समेत मानअधिकार संरक्षण मंच नेपाल सुदूरपश्चिम प्रदेश समितीले माग समेत गरेको छ ।