सरकारले किसानलाई मल उपब्ध गराउन नसकेपछि वाईसियल एक्सनमा 

२०८२ श्रावण ११, आईतवार १४:४६
सरकारले किसानलाई मल उपब्ध गराउन नसकेपछि वाईसियल एक्सनमा 

कञ्चनपुर, साउन ११

सरकारले किसानलाई समयमै मलखाद उपलब्ध नगराएपछि प्रमुख विपक्षी दल नेकपा माअ‍ोवादी केन्द्र निकट  युवा संगठन एक्सनमा  उत्रिएको छ । योङ्ग कम्युनिष्ट लिग(वाईसियल नेपाल)ले किसानलाई समयमै मलखाद उपलब्ध नगराएपछि प्रमुख विपक्षी दल नेकपा माअ‍ोवादी केन्द्र निकट  युवा संगठन एक्सनमा  उत्रिएको हो । 

आइतबार वाईसियल कञ्चनपुरले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएको वाईसियलले जनाएको छ । वाईसियल कञ्चनपुरका  इन्चार्ज तिलक जप्रेलले किसान मलखाद नपाएपछि हैरानदेदिख खेत बाँझो राख्नुपर्ने बाध्यता सृजना भएकाले सरकारले उपलब्ध गराउने रसायनिक मल आपुर्तिका  लागि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको बताए । वाईसियल इन्चार्ज जप्रेलले सरकारले आम किसानलाई समयमै मलखाद नदिने, तर मलमा सहकारीहरुले कालोबजारी गर्ने प्रवृतिले कार्बाहीको माग  अघि सारेका छन । ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले वाईसियल नेपालले किसानका  लागि अघि सारेका मागप्रति प्रशासन गम्भिर भएको बताए ।