बेलौरीमा ११ वर्षिया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा चानदेवका ५५ वर्षिय प्रेम पक्राउ

२०८२ असार ३०, सोमबार ०५:४०
बेलौरीमा ११ वर्षिया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा चानदेवका ५५ वर्षिय प्रेम पक्राउ

बेलौरी । कञ्चनपुरको बेलौरीमा बाल यौन दुर्व्यवहारको आरोपमा एकजना पक्राउ परेका छन् ।

बेलौरीकी ११ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा लालझाडी गाँउपालिका ६ चानदेवका प्रेम बहादुर ऐरी पक्राउ परेका हुन ।

उनलाई ईलाका प्रहरी कार्यालय बेलौरीले २६ गते पक्राउ गरेको थियो । सोहि दिन पिडित परिवारले प्रहरीमा उजुरी दिएका थिए ।

ऐरीलाई विभिन्न बाहानामा बालिकामथि यौन दुर्व्यवहार गर्ने गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनलाई पक्राउ गरि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।