कृष्णपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरभित्र रहेका छाउ गोठ १५ भित्र भत्काउन निर्देशन दिएको छ।
कृष्णपुर नगरपालिका १ मा शनिबार छाउगोठमा बसेकी महिला कमला दमाईको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले यस्तो निर्देशन दिएको हो ।
२८ वर्षीया दमाईको महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेको अवस्थामा सर्पले डस्दा मृत्यु भएको थियो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले निर्देशनपत्र जारी गर्दै छाउ गोठ भए नभएको निरीक्षण गर्न १–९ सम्मका सबै वडा कार्यालयलाई निर्देशन दिएका छन ।
