लाझाडी । लालझाडी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँपालिकाको समग्र वित्तीय प्रगति ८६.२५ प्रतिशत रहेको छ। गाउँपालिकाको चालू खर्चतर्फ ८८.२४ प्रतिशत र पुँजीगत खर्चतर्फ ८४.१९ प्रतिशत प्रगति भएको हो।
गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत वार्षिक बजेट, योजना र कार्यक्रमअनुसारका कार्यहरू सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताए।
‘आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट, योजना तथा कार्यक्रम कार्यान्वयन र वित्तीय प्रगतिमा सहयोग, सहजीकरण तथा समन्वय गर्नुहुने अध्यक्षज्यू, उपाध्यक्षज्यू, वडा अध्यक्षज्यूहरुसहित सम्पूर्ण जनप्रतिनिधिहरू र कर्मचारी मित्रहरूप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु,’ उनले भने।