लालझाडीमा ३ मा अजिङ्गर सर्पको उद्धार, बिना तालिमका बन रक्षकको साहसी कार्य

२०८२ असार २१, शनिबार ०६:२९
लालझाडीमा ३ मा अजिङ्गर सर्पको उद्धार, बिना तालिमका बन रक्षकको साहसी कार्य

लालझाडी – कञ्चनपुरको लालझाडी गाउँपालिका–३ निवासी खगेन्द्र रानाको घरमा रहेको कुखुराको खोरमा करिब ८ फिट लम्बाइ र अनुमानित १२ किलो तौल भएको अजिङ्गर सर्प फेला परेको छ। उक्त अजिङ्गर देखिएपछि स्थानीयवासीले त्रासमा परेका थिए।

घटनाको जानकारी पाउँसँगै लालझाडी सब-डिभिजन वन कार्यालयलाई खबर गरिएको थियो। सूचना पाएलगत्तै बन रक्षक मिनराज योगी र कृष्ण थारु समयमै घटनास्थलमा पुगेर उक्त अजिङ्गरलाई सुरक्षित रूपमा समात्न सफल भए।

राति करिब ३:०० बजे उक्त अजिङ्गर सर्पलाई श्री नन्देश्वर सामुदायिक वनमा लगेर सुरक्षित रूपमा प्रकृतिमा पुनः छोडिएको थियो। यो कार्यले न केवल वन्यजन्तुको सुरक्षामा सन्देश दिएको छ, तर समुदाय र प्रकृति संरक्षणको पनि उदाहरण पेश गरेको छ।

उद्धार टोलीका सदस्य कृष्ण थारुले भने, “मैले अजिङ्गर समात्ने तालिम त लिएको छैन, तर परिस्थितिको गम्भीरतालाई ध्यान दिँदै सर्पलाई सुरक्षित रूपमा उद्धार गर्न सफल भयौं।”

बन्यजन्तु उद्धारमा बिना तालिम पनि साहसपूर्वक संलग्न भएका कृष्ण थारु जस्ता बन रक्षकहरूको साहस र कर्तव्यपरायणतालाई स्थानीयवासीहरूले खुलेर प्रशंसा गरेका छन्। बन तथा वातावरण संरक्षणमा उनीहरूको योगदान उल्लेखनीय रहेको स्थानीय नेता अमर राना ले जानकारी गराउनु भएको थियो।