लालझाडी । शैक्षिक सत्र २०८१ सालको माध्यामिक शिक्षा (एसइई) परीक्षाको नतिजामा लालझाडी गाउँपालिका वडा नं १ मा रहेको शारदा मावि निल आएको छ ।
यो विद्यालयबाट ३४ जना विद्यार्थीहरुले एसइई परीक्षा दिएका थिए । परीक्षा दिएका ती सबै विद्यार्थीहरुको नतिजामा ननग्रेड आएपछि विद्यालय निल आएको हो ।
विद्यालयमा पढाउँने राम्रो शिक्षक नभएकोले आफ्नो एसइईमा ननग्रेड आएको शारदा माविका छात्र दिवेन्द्र रानाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ लामो समय देखि विद्यालयमा विज्ञान गणित विषय पढाउँने शिक्षक आउनु भएन । त्यो विषयको शिक्षक नहुँदा कक्षामा ती विषय पनि पढाई भएनन् । ”
विद्यालयले समयमै राम्राे शिक्षककाे व्यवस्था नगरेकाेले अहिले यहाका सबै साथीहरुले एसइई धाेका खानु परेकाे रानाले बताउनुभयो ।
विद्यालयमा शिक्षक अभाव भएका कारण शारदा मावि एसइई परीक्षाको नतिजामा निल भएको शारदा माविका लालझाडी –१ नौरङ्गाका प्राधानाध्यापक रोमाकान्त उपाध्यायले बताउनुभयो ।
यता अहिले रोपाइँ भएका कारण बैठक बसाल्न सकेको छैन् । रोपाइँ सकिने वित्तिकै कसरी निल आएको हो । त्यसका बारेमा वृहतरुमा समिक्षा गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव रानाले बताउनुभयो ।