कृष्णपुर मा १ अर्ब १ करोड ११ लाख  ८२ हजार बजेट प्रस्तुत

२०८२ असार १०, मंगलवार १४:४३
कृष्णपुर मा १ अर्ब १ करोड ११ लाख  ८२ हजार बजेट प्रस्तुत

कञ्चनपुर। कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब १ करोड ११ लाख ८२ हजार ४ सय ५१ रुपैयाँ बराबरको बजेट ल्याएको छ। मंगलबार नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा बसेको १७ औं नगर सभामा उपप्रमुख द्रोपती रानाले बजेट प्रस्तुत गरेकी हुन्।

प्रस्तावित बजेट अनुसार आन्तरिक श्रोतबाट ८ करोड, संघीय सरकारको वित्तीय समानीकरण शीर्षकबाट १५ करोड ९९ लाख र प्रदेश सरकारबाट १ करोड ४९ लाख १३ हजार रुपैयाँ प्राप्त हुनेछ।

यसैगरी, संघीय राजस्व बाँडफाँडबाट १५ करोड ३० लाख ९३ हजार ४ सय ५१ रुपैयाँ र प्रदेश राजस्व बाँडफाँडबाट ४७ लाख २१ हजार रुपैयाँ प्राप्त हुनेछ। त्यस्तै, सामाजिक सुरक्षाका लागि २५ करोड, संघीय ससर्त अनुदानमार्फत २५ करोड १ लाख र प्रदेश ससर्त अनुदानबाट १ करोड ९६ लाख ५५ हजार प्राप्त हुनेछ।

यस्तै, संघीय समपूरक अनुदानबाट ८३ लाख र प्रदेशबाट २ करोड १० लाख तथा संघीय विशेष अनुदानबाट ४ करोड ५५ लाख र प्रदेश विशेष अनुदानबाट ४० लाख रुपैयाँ प्राप्त हुनेछ।

नगरपालिकाको अनुमानित आयव्याय बराबर रहेको छ। नगरपालिकाले बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी, खानेपानी, खेलकुद, लाई प्राथमिकता दिएको छ। नगरपालिकाको नीति तथा कार्यक्रम नगर प्रमुख ओझाले नगरसभामा प्रस्तुत गरेका थिए।