धनगढीमा बाहिरबाट ताल्चा लगाएको काेठाभित्र पुनर्वासकी युवती मृ*त फेला !

२०८२ असार ९, सोमबार १०:३०
धनगढीमा बाहिरबाट ताल्चा लगाएको काेठाभित्र पुनर्वासकी युवती मृ*त फेला !

धनगढीमा पुनर्वासको एक युवती मृ*त अवस्थामा भेटिएकी छन् ।पुनर्वास नगरपालिका-११ अमरबस्ती घर भई धनगढी-२ बैयाबेहडीमा बस्दै आएकी ३० वर्षीया रेणु चाैधरी सोमबार बिहान मृ*त भेटिएको जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले काेठा भाडामा बस्दै आएकी युवती मृ*त भेटिएको बताउनुभयो । तर काेठाकाे ढाेकामा बाहिरबाट ताल्चा लगाएकाे अवस्थामा उनी मृ*त भेटिएको बताउँदै घटना शंकास्पद भएको उहाँले बताउनुभयो ।

यतिबेला घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।