लालझाडीका हात्तीपीडित राना परिवारलाई पावर टीलर 

२०८२ असार ५, बिहीबार १७:५८
लालझाडीका हात्तीपीडित राना परिवारलाई पावर टीलर 

नरेश राना 

कञ्चनपुर, ५ असार 

कञ्चनपुरको लालझाडीका एक हात्तीपीडित परिवारलाई च्याम्पाटेक्टर सहयोग गरिएको छ । लालझाडी गाँउपालिका ४ नम्बर वडा कार्यालयले  हात्तीपीडित राना परिवारलाई पावर टीलर सहयोग गरिएको हो । 

गत असोजमा जंगलीहात्तीको आक्र्रमणबाट लालझाडी गाँउपालिका ४ डाँगाजाईका रामदल रानाको मृत्यु भएको थियो । मृतक राना परिवारलाई कृषि कार्यमा सहजताका लागि राहत स्वरुप बिहीबार एक पावर टीलर दिएको लालझाडी गाँउपालिका ४ नम्बर वडा कार्यालयले जनाएको छ । 

वडाध्यक्ष बहादुर सिह रानाले हात्तीबाट मारिएका स्व. रामदलको परिवारलाई कृषि कार्यदेखि उनीहरुको जिविकोपार्न  गर्न सहजताका लागि कृषि औजार दिएको बताए । वडा कार्यालयले आफ्नो पीडा बुझिदिएपछि हात्तीपीडित  राना परिवार हर्षित भएको छ । पछिल्ला बर्षहरुमा हात्तीले कञ्चनपुरमा मानिसदेखि अन्नबाली क्षति गर्दै आएको छ ।