लालझाडी । लालझाडी गाउँपालिकाले ८६ जना विद्यार्थीलाई छात्रबृति प्रदान गर्ने भएको छ। गाउँपालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृति वितरण गर्न लागेको हो।


गाउँपालिकामा स्थायी बसोबास गर्ने उच्च शिक्षा (स्नातक, स्नातकोत्तर) तथा प्राविधिकतर्फ डिप्लोमा तहमा अध्ययनरत विद्यार्थीलाई छात्रबृति वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताए।

उनका अनुसार छनौटमा परेका विद्यार्थीहरुलाई असार ११ गते छात्रबृति वितरण गरिनेछ। गाउँपालिकाले न्यूनतम ४ हजारदेखि अधिकतम १५ हजारसम्म विद्यार्थीलाई छात्रबृति उपलब्ध गराउनेछ।
