कञ्चनपुरको पुनर्वासमा सडक छेउमै एक पुरुषको शव फेला

३१ जेष्ठ २०८२, शनिबार
कञ्चनपुरको पुनर्वासमा सडक छेउमै एक पुरुषको शव फेला

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा हुलाकी सडक किनारामा एक अज्ञात पुरुषको शव फेला परेको छ। शनिबार साँझ करिब ५ः३० बजे पुनर्वास–बेलौरी जोड्ने हुलाकी सडकसँगै रहेको ग्रिन बेल्ट क्षेत्रको छेउमा अन्दाजी ४० वर्षको जस्तो देखिने पुरुष लुगा खोलिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। अहिले शवको पहिचान र घटनाको कारण खुलाउन अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्भावित कारणबारे स्थानीयस्तरमा विभिन्न अनुमान गरिए पनि समाजसेवी मोलाम तामाङका अनुसार मृतकले अत्यधिक मात्रामा मदिरा सेवन गरेको हुनसक्ने देखिएको छ। तर, घटनाको यथार्थ कारण भने पोष्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानबाट मात्र खुल्ने उनले बताए।

यसअघि बिहीबार पुनर्वासकै डोके बजारबाट बेपत्ता भएका एक व्यक्ति पनि शुक्रबार धनगढीमा मृत फेला परेका थिए। पुनर्वास क्षेत्रमा पछिल्ला दिनहरूमा मृत भेटिने घटनाहरूले स्थानीयवासीमा चिन्ता थपिएको छ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio