कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा एक जना मृत फेला परेका छन ।
मंगलबार दिँउसो बेलौरी नगरपालिका १ बैशाखीमा सोहि ठाँउकै २९ वर्षिय गोपाल सुनार उखुबारीमा मृत फेला परेका हुन सुनार बुबा दानिराम लुहारसँगै उखुबारीमा मल छर्किदै थिए ।
बुबाछोरा उखुबारीमा सँगै मल छर्किदै गर्दा बुबा खाना खान घर गए । खाना खाएर खेतमा फकिर्ने क्रममा छोरालाई घोप्टो अवस्थामा मृत फेला परेका थिए ।
शव पोष्र्टमार्टमको लागी बेलौरी लियाइएको छ।






